फिफा विश्वकप फुटबलः बेल्जियमद्वारा क्यानडा पराजित
काठमाडाैं | मंसिर ८, २०७९
काठमाडौंः बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ ।
कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो । मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् ।
त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अङ्क जोडेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

